माछा मार्न फालेकाे जालमा गोही फेला पर्दा..

  • अनलाइन केन्द्र
  • / रोजगार /
  • २०७६ कार्तिक १, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १, सप्तरी । सार्वजनिक पोखरीमा माछा मार्ने क्रममा बिहीबार सप्तरीको पूर्वी भेगको एउटा गाउँमा गोही फेला परेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–८ स्थित जोगीनियाँमा सार्वजनिक पोखरीमा माझीले माछा मार्ने क्रममा अन्दाजी छ/सात किलोको गोही भेट्टाएका हुन् ।

गोही जालमा परेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय हनुमाननगरबाट गएको प्रहरी टोलीले गोही समातेर जिल्ला वन डिभिजन कार्यालयलाई बुझाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस