“सानो समूहको गैरजिम्मेवारीका कारण सबै नेपाली खत्तम भन्न मिल्दैन”: रविन्द्र मिश्र

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ कार्तिक १, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौँ महाधिवेशनका क्रममा केही उच्छृङ्खल घटनाहरु भए । जसले गर्दा विदेशमा बसेका नेपालीहरुको पारा पनि नसुध्रिएको भन्दै आलोचना भइरहेको छ ।

तर साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले केही व्यक्तिहरुको गैरजिम्मेबार व्यवहारका कारण सम्पूर्ण गैरआवासीय नेपालीलाई गाली नगर्न सुझाव दिएका छन् ।

‘विषयहरूलाई समग्रतामा हेरिनु पर्छ। सानो समूहको भ्रष्टता र गैरजिम्मेवारीका कारण सबै नेपाली खत्तम भन्न मिल्दैन। एनआरएनएको सानो समूहको वितण्डाका कारण सबैको खिसिट्युरी गर्नु गलत हुन्छ। अधिकांंश गैरआवासीय नेपाली असल, नेपाललाई मायाँ गर्ने र परोपकारी छन्। त्यो नबिर्साैँ’, मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस