“तत्काल मन्त्रिमण्डल पुनर्गठनकाे सम्भावना छैन”: प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक १, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सरकार फेरबदलको कुनै सम्भावना नरहेको बताएका छन् । उनले मिडियामा चर्चा भएअनुसार मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको जिकिर गरे ।

‘यति जना मन्त्री फेरिने भए रे, यी यी आउन थाले रे भनेर व्यापक हल्ला फैलिएको छ त्यसमा कुनै सत्यता छैन, हामीले त्यस्तो कुनै चर्चा गरेका छैनौँ’, धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने ।

सरकार फेरबदलको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीमा भर पर्ने भएकोले यो प्रश्न आफूलाई नगर्न पनि प्रचण्डले पत्रकारलाई आग्रह गरे । ‘सरकार फेरबदलको कुरा के हो?’, पत्रकारको जिज्ञासामा प्रचण्ड भन्छन्, ‘यो प्रश्न मलाई नसोध्दिए हुन्थ्यो भन्ने लाग्छ, यसमा ओलीजीले जे चाहनुहुन्छ त्यही हुन्छ ।’

‘तपाईँ पनि त पार्टीको अध्यक्ष हो नि’ पत्रकारको थप जिज्ञासामा प्रचण्डले भने, ‘हो म पनि अध्यक्ष हुँ, मन्त्री फेर्दा पक्कै मलाई सोधिन्छ होला तर अहिलेसम्म हामीबीच त्यस्तो कुनै छलफल र चर्चा भएको छैन ।’

ताजा अपडेट

खोजी गर्नुहोस