विप्लवले कसलाई भने खरानी पार्छौं ?

कार्तिक १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्ना नेता कार्यकर्ता पक्राउको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

उनले ओली नेतृत्वको सरकार जनवादी शक्तिविरुद्ध दिनप्रतिदिन घोर निरंकुश, सर्वसत्तावादी र फासीवादी बन्दै गएको आरोप लगाएका छन् ।

एक विज्ञप्ति जारी गर्र्दै विप्लवले भनेका छन्, ‘श्रमिक जनताको अधिकार, देशको स्वाधीनताका पक्षमा राष्ट्रघात, भ्रष्टाचार, करछली, महँगी तस्करीका विरुद्ध लडिरहेका हाम्रा नेता–कार्यकर्तामािथको दमनको कडा प्रतिरोध गरिने पार्टी स्पष्ट गदर्छ ।

विप्लवले केपी सरकारको निरंकुश एवम् फासीवादी दमनका विरुद्ध जागरुक हुन क्रान्तिकारी शक्तिहरुलाई विशेष अपिल गरेका छन् । उनले वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न नसक्ने उल्लेख गर्दै रोक्न खोजे त्यसलाई खरानी पार्ने चेतावनी दिएका छन् ।

‘कठिनाई, दुःखकष्ट, जेलनेल, त्याग र बलिदान क्रान्तिका मूल्य हुन् । जनताको मुक्ति एवम् वैज्ञानिक समाजवाद साम्यवादका लागि लडिरहेका हाम्रो पार्टी, हाम्रा नेता र कार्यकर्ताको यो मुल्य चुकाएर नै महान् उदेश्य प्राप्त गर्न सकिन्छ भन्नेमा स्पष्ट छौँ । यसका लागि हामी तयार हुँदैनथ्यौँ भने माओवादी पार्टीको खरानीबाट हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी र एकीकृत जनक्रान्ति जन्माउन सम्भव हुने थिएन । हामी हरेक गद्दारी ठक्कर र बलिदानबाट किञ्चित् विचलित नभई अरु स्पातिलो बन्दै जानेछौँ । हाम्रो वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न सक्ने छैन । जसले रोक्न खोज्दैछ अन्तिममा उ नै खरानी हुनेछ । एकीकृत जनक्रान्ति विजयी भइछाड्नेछ’ विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संम्बन्धित समचार

Leave a Reply