अमिताभ बच्चन अस्पताल भर्ना

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ कार्तिक १, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १, काठमाडौं । बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चन पछिल्लो तीन दिनदेखि मुम्बईको नानावती अस्पतालमा भर्ती छन् ।

नियमित चेकअपका लागि उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो । अमिताभलाई उपचारका लागि अस्पतालमा अझै केही दिन राखिने बताइएको छ ।

अमिताभलाई नानावती अस्पतालको गोप्य ठाउँमा राखिएको छ । यसलाई नियमित चेकजाँच भनिए पनि बिहान तीन बजे अस्पताल किन लगियो भन्ने बारे यथार्त जानकारी बाहिर आएको छैन ।

अभिताभको स्वास्थ्य अवस्थाबारे अस्पतालले कुनै नोटिस जारी गरेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस