जब लुटेराले वृद्धालाई ‘तपाइँको पैसा चाहिँदैन’ भन्दै निधारमा चुमे (भिडियो)

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ कार्तिक १, शुक्रबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

कार्तिक १, काठमाडौं । हालै ब्राजिलमा दुई जना लुटेराले एक फार्मेसी लुटे।

उनीहरुले फार्मेसीबाट २ सय ४० अमेरिकी डलर लुटे। तर उनीहरुले फार्मेसी लुटिरहँदा देखिएको एक दृश्य भने निकै रोचक छ।

जब लुटेराहरु फार्मेसीमा पसे। पैसा देउ भन्दै फार्मेसीका मालिकलाई बन्दुक तेस्र्याए। एक वृद्धा जो औषधी किन्न गएकी थिइन् उनी निकै डराइन्।

उनले पनि आफूसँग भएको पैसा लुटेरालाई दिन चाहिन्। उनले पैसा लैजाउ भनिन्।

जुन लुटेरालाई उनले पैसा लैजाउ भनिन्। उनले वृद्धाबाट पैसा लिएनन्। बरु उनले ती वृद्धालाई ‘तपाइँको पैसा चाहिँदैन’ भन्दै उनको निधारमा चुम्बन गरे।

यस घटनाको भिडियो फुटेज सार्वजनिक भएको छ। जहाँ लुटेरा र वृद्धाबीचको संवाद प्रष्ट सुन्न सकिन्छ।

सामाजिक संजालमा यतिबेला लुटेराहरुको आलोचना हुनुपर्नेमा प्रशंसा भइरहेको छ। लुटेराहरुमा मानवता भएको मानिसहरु बताइरहेका छन्।

प्रहरीेले लुटेराको खोजी भइरहेको बताएको छ। डेलीमेल

(भिडियो)

ताजा अपडेट

खोजी गर्नुहोस