सांसद बस्नेतको दावी : जनताले देख्ने र अनुभुत गर्ने गरी काम गरिरहेका छौं

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ कार्तिक १, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर विकास र समृद्धिको फुलवारीको रुपमा स्थापीत गर्दै जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाहरु एक ढिक्का भई अघि बढेको बताएका छन् ।

फिड नेपालको तेस्रो वार्षिकोत्वको अवसरमा बोल्दै सांसद बस्नेतले भक्तपुरको नाम संसारभर फिँजाउने कार्यमा सवैको हातेमालो भइरहेको बताउँदै एकता र सहकार्य नै भक्तपुरको समृद्धिको आधार भएको उल्लेख गरे। जन्मदै विभेदपूर्ण जीवनको अन्त्य हुँदै गएको बताउँदै उनले आम नेपाली नागरिकले राज्यका कुनै पनि सेवा सुविधाबाट बञ्चित हुनु नपर्ने स्पष्ट पारे।

सरकार जनतालाई सामाजिक न्यायको निम्ती देख्ने र अनुभुत गर्ने गरी काम गरिरहेको बताउँदै पूर्वउद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले राज्यले आफ्नो दायित्व पुरा गर्दै जनताको चाहना अनुसार विकास र समृद्धिको साथमा रोजगारीमुलक कार्यको लागि अहोरात्र खटिरहेको जानकारी गराए । मानिसको नैसर्गिक अधिकारलाई स्थापीत गरेको बताउँदै उनले गास, वास, कपास, रोजगारीलगायत अधिकारहरुलाई संविधानत स्थापीत भइसकाले आगामी दिनमा उक्त सेवा सुविधाबाट कुनै पनि नागरिक बञ्चित हुनु नपर्ने बताए ।

उमेरका आधारमा विभेद तथा अपहेलीत हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताउँदै उनले वृद्धा, एकल महिला, दलित, अपाङ्गलगायतका विभिन्न प्रकारका भत्ताको वृद्धि गरी सरकार जनताको मन मुटुमा रहेको प्रमाणीत गर्दै अघि बढेको दावी गरे।

हिजोको समाजले विभिन्न अवसरबाट बञ्चित गरेको अपहेलीत हुनुपर्ने बाध्यताको अन्त्य भएको बताउँदै उनले सरकार गरिव, निमुखा, असाहायको सारथी भएको बताए।गरिव, अपाङ्ग, दलित, पिछडिएको वर्गलगायतलाई राज्यको मुलधारमा ल्याउनु राज्यको दायित्व भएको बताउँदै उहाँले आधारभुत र श्रमजीवि वर्गको हितको लागि सरकारले आर्थिक समृद्धि तथा रोजगारीको वातावरण सिर्जना गरिरहेको जानकारी गराए।

लोककल्याणकारी संस्थासँगको सहकार्य नै राज्यको नीति तथा योजनाको कार्यान्वयन हुने बताउँदै उनले राज्यले कोही भोको, अस्वस्थ, बेरोजगारी, अशिक्षित हुनु नपरोस् भनि राज्यले विशेष नीति लिई अघि बढेको जानकारी गराए।जागीरे मानसिकता त्याग्दै समाजसेवाको भावनाको विकास गर्नु जरुरी रहेको औल्याउँदै सांसद बस्नेतले जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुमा जनताको सेवामा कुनै डिउटी तथा तलवको भावना नहुनु नै भक्तपुरको विकास सफल भएको बताए।

उनले सडक मानव मुक्त भक्तपुर बनाउने कार्यमा तिव्र गतिका साथ काम गरेर यो वर्षको दशैंमा कोही पनि सडकमा मानव नभएको रुपमा स्थापीत गरेको बताउँदै भक्तपुरका मठमन्दिरमा माग्न रहित बनाउने कार्य अघि बढिरहेको जानकारी गराए।

कार्यक्रममा अन्तराराष्ट्रिय फिड फाउण्डरका संस्थापक मातृ जि, नेपालमा रहेको संस्था फिड नेपालकी अध्यक्ष आयुसा जान्छे, भक्तपुर पत्रकार महासंघका अध्यक्ष पुस्करराज बुढाथोकी, गैर सरकारी संस्था महासंघका अध्यक्ष सोम शर्मा बर्जगाई, हिमाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिज्ञान राई, यो।यो।ब्यैङकेटका सञ्चालक श्रीभक्त कासिछ्वा, समाजसेवी तथा नेकपाका नेता रोमन सिलाकारको उपस्थित रहेको थियो । कर्मचारीहरु मध्ये उत्कृष्ट कर्मचारीको सम्मान रितु सिल्पकारलाई गरिएको थियो ।

फिड नेपालले सम्पुर्ण अतिथिहरुलाई सम्मान सहित मायाको चिनो प्रदान गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस