अस्पतालबाट डिस्चार्ज भए अभिनेता अमिताभ बच्चन

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ कार्तिक २, शनिबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

कार्तिक २, काठमाडौं । बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो चार दिनदेखि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका बच्चनलाई शुक्रबार साँझ अस्पतालले डिस्चार्ज गरेको हो ।

नियमित चेकअप भन्दै उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई लिन पत्नी जया र छोरा अभिषेक पुगेका थिए ।

यसलाई नियमित चेकजाँच भनिए पनि बिहान तीन बजे अस्पताल किन लगियो भन्ने बारे यथार्त जानकारी अझै बाहिर आएको छैन ।

अहिले अमिताभको स्वास्थ्य अवस्था ठीक रहेको बताइएपनि अस्पतालले कुनै नोटिस जारी गरेन । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस