पाल्पामा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ कार्तिक २, शनिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक २, पाल्पा । पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली बजारबाट नजिकै भएको ट्रक दुर्घटनामा एकको मृत्यु भएको छ । शुक्रबार साँझ लु १ ख ९२०२ नम्बर ट्रक दुर्घटनामा ६ जना घाइते भएका छन् ।

गुल्मीबाट बुटबलका लागि जाँदै गरेको ट्रक दुर्घटना भई सडकबाट ४०० मिटर तल खसेको छ ।

घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस