कार्तिक २, काठमाडौं । ऐश्वर्या राय पछिल्लो समय थोरै फिल्ममा मात्रै देखिएकी छन् । उनी पछिल्लो पटक फिल्म ‘फन्ने खाँ’मा देखिएकी थिइन् ।
यो फिल्ममा उनले सुपरस्टार गायिकाको भूमिका थिर्वाह गरेकी थिइन् ।
यो फिल्म सफल नभए पनि ऐश्वर्याको अभिनयको भने तारिफ भएको थियो । ऐश्वर्याका फ्यान उनलाई फेरि पर्दामा हेर्न आतुर छन् ।
अब उनका फ्यानका लागि खुसीको खबर छ । ऐश्वर्या फिल्म ‘ईश्वर, गुरु र रावण’पछि फिल्मकार मणिरत्नम्सँग काम गर्न लागेकी छन् । यो फिल्ममा उनी डबल रोलमा देखिने भएकी छन् ।