१९ किलो अवैध चाँदीसहित एकजना पक्राउ

  • अनलाइन केन्द्र
  • / रोजगार /
  • २०७६ कार्तिक २, शनिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

कार्तिक २, बारा । प्रहरीले बाराको सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका–६ सतुवाही नाकाबाट १९ किलो १०० ग्राम चाँदीसहित बाराको बारागढी गाउँपालिका–६ घर भएका ३२ वर्षीय मुक्ति साहलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट गोलागञ्जबाट खटिएको प्रहरी टोलीले साहलाई विशेष सुराकीको आधारमा सो परिमाणको चाँदीसहित नियन्त्रणमा लिएको हो।

भारतबाट बीआर ०६ एम १०६० नम्बरको भारतीय मोटरसाइकलमा चाँदी लिएर आइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठले बताए।

बरामद चाँदीको बजार मूल्य करीब १४ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। चाँदी र मोटरसाइकलसहित साहलाई थप अनुसन्धान र कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस