कार्तिक ३, काठमाडौं । पहिलोपटक डेटमा जाँदै हुनुहुन्छ ? के साथीसँगको सम्बन्ध सुमधुर र दिगो बनाउन चाहनुहुन्छ ? पहिलाे भेटमै फिदा पार्ने उपाय अपनाउनुहाेस् । ता कि पहिलाे भेटमा नै सम्बन्ध सुमधुर र दिगाे हुन्छ ।
उपायहरु :
पहिला आफू : पहिलो डेटका लागि तोकेको समयभन्दा केही अगाडि नै पुग्नुस् । सकेसम्म साथी आइपुग्नु भन्दा अगाडि तपाइ त्यहाँ पुग्दा त्यसको प्रभाव सकारात्मक पर्छ ।
ढोका खोल्नुस् : कुनै रेष्टुरेन्ट या क्याफेमा पहिलोपटक भेट्दै हुनुहुन्छ भने साथी आउँदा ढोका खोलिदिनुस् । उ बस्ने स्थानको कुर्सी मिलाइदिनुस् अनि उनी बसिसकेपछि मात्र आफू बस्नुस् ।
फूल : भेटमा अन्य प्रकारका उपहारभन्दा पनि फूल नै प्रभावकारी हुन्छ । वास्नादार फूलले तपाईंको सम्बन्धलाई पनि वास्नादार बनाउन सघाउन सक्छ ।
मोबाइल साइलेन्ट : साथी आइपुग्नु अगाडि नै मोबाइल साइलेन्ट मुडमा राखिदिनुस् । यसले पहिलो भेटको कुराकानीमा केही अवरोध हुन्न । अनिवार्य कल आयो भने उनलाई सोधेर कुरा गर्नुस् तर सकेसम्म छोटो गर्नुस् ।
न भीडभाड न सुनसान : पहिलो डेटका लागि स्थान चयन गर्दा सुनसान स्थान नछान्नु । सकेसम्म व्यक्तिहरु आवत–जावत भइरहने स्थानमा जानु राम्रो हो । सकेसम्म धेरै भीडभाड हुने स्थान पनि राम्रो मानिन्न ।
मदिरातिर ध्यान नदिनु : बेलुकाको समय पहिलो डेटको समय जुरेको छ भने पनि मदिरातिर ध्यान नदिनु । आफू पनि नपिउनु र साथीलाई अफर पनि नगर्नु बुद्धिमानी हो ।