दुई पेस्तोल र ५६ राउण्ड गोलीसहित ललितपुरबाट दुई जना पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ अषाढ ३२, सोमबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार ३२,ललितपुर । पेस्तोल बिक्रीमा संलग्नको आशंकामा प्रहरीले ललितपुरको नखीपोटबाट थप २ जनालाई पक्राउ गरेको छ ।

पेस्तोलसहित हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले जानकारी दिए । उनीहरुलाई २ वटा पेस्तोल र ५६ राउण्ड गोलीसहित पक्राउ गरिएको उनले बताए ।

प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन । यसअघि आइतबार पनि प्रहरीले जर्मन पेस्तोल बिक्री गर्न हिँडेका ३ जनालाई ललितपुरको नख्खिबोटबाटै पक्राउ गरेको थियो । सोमबार पक्राउ परेकाहरु पनि सोही समूहको भएको प्रहरीको अनुमान छ ।

ताजा अपडेट

खोजी गर्नुहोस