सिस्नेखोला–बस्नेतछाप सुरुङमार्ग शिलान्यास (हेर्नुहोस् १२ तस्बिरमा)

Post Thumbnail

-राज ढुंगाना/घनश्याम रिजाल

कार्तिक ४,काठमाडौँ नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । सोमबार बस्नेतछापदेखी सिस्नेखोला सम्मको सुरुङमार्गको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले समयमै काम सक्ने विश्वास व्यक्त गरे ।

उनले अघि भने, ‘अब हामी मात्र साढे ३ वर्ष पर्खिनुपर्छ । त्यसपछि हामीले एउटा गीत हेरेका हौंला, काठमाडौंबाट यसो छिरेर उता हेटौंडा निकालेको देखाउँथ्यो । उताबाट छिरेर उता निक्लेको त ४२ महिनापछि भइहाल्छ ।’

उनले ठेकदार कम्पनीलाई पनि समयमै काम सम्पन्न होस् भनेर सचेत गराएका छन् । नेपालभित्र काम जिम्मा लिएर समयमा नगर्ने देखिएको भए पनि जापानी कम्पनीले समयमै काम गर्ने गरेको अनुभव रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस