विश्वकपको फाइनल खेलमा मैदानमा प्रवेश गर्नेलाई १५ दिन जेल र ३ वर्ष प्रतिबन्ध

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण १, मंगलबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १,काठमाडौँ । मस्कोको एउटा अदालतले विश्वकप फुटबलको फाइनल चलिरहँदा मैदानमा प्रवेश गर्ने चार जनालाई १५ दिनको जेल सजाय सुनाएको छ ।

लुझ्निकी रंगशालामा फ्रान्स र क्रोएसियाबीच खेल भैरहँदा प्रदर्शनकारी समूहका चार जना व्यक्ति मैदानमा प्रवेश केही बेर खेल रोकिएको थियो । मैदान प्रवेश गरेको केही समयपछि प्रदर्शनकारी समूह ‘पुस्सी रायट’ ले सामाजिक सञ्जालमार्फत घटनाको जिम्मेवारी लिएको थियो ।

मैदानमा प्रवेश गर्ने व्यक्तिहरु पुस्सी रायट समूहका भेरोनिका निकुल्सिना, ओल्गा पाक्तुसोभा, ओल्गा कुराच्योवा तथा प्योट्र भर्जिलोव रहेको जनाइएको छ । चारै जनालाई १५ दिनको जेल सजायका साथै तीन वर्षसम्म कुनै पनि खेलकुद समारोहमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस