धादिङको मासटारमा अध्यक्ष कप प्रतियोगिता सुरु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ कार्तिक ५, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक ५, धादिङ । धादिङको मासटारमा गल्छि गाउँपालिका स्तरिय अन्तर विद्यालय प्रथम अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ । कार्तिक ६ गते समापन हुने गरि सुरु भएको प्रतियोगितामा गल्छि गाउँपालिकाभित्र रहेका विद्यालयहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा सहभागि विद्यालयहरुका विद्यार्थीहरुले भलिबल,एथ्लेक्टिक्स,कबड्डि,भाला,छेलो ,दौड लगायतका आठवटा खेलहरुमा प्रतिस्पर्धा गर्नेछन। प्रतियोगिताको मासटारमा रहेको जनकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा एक कार्यक्रमका बिच आज उदघाटन गरिएको छ । उदघाटन कार्यक्रम गल्छि गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठको सभापतित्वमा भएको थियो भने प्रमुख अथिति संघिय सांसद भुमि त्रीपाठि ,बिशिस्ट अतिथिमा जिल्ला समन्वय समितिका प्रमुख जगननाथ नेपाल , उपाध्यक्ष्य राधा तिमल्सिना ,वडा अध्यक्ष्यहरु ,विद्यालयका प्रधानाध्यापकह, शिक्षक, समाजसेवि , वुद्दिजिबी, विद्यार्थी लगायत स्थानियहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा उद्घाटन मन्तब्य गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले राखेका थिए भने स्वागत मन्तब्य प्रमुख प्रशाशकिय अधिकृत दान बहादुर एडिले राखेका थिए ।

कार्यक्रममा आफ्नो भनाई राख्दै समन्वय समिति प्रमुख नेपालले सामुदायीक तथा संस्ठागत विद्यालयहरुले खेलकुदलाई प्राथमिकतामा राखि अगाडि बढेमा देशको खेलकुदमा योगदान पुग्ने बताए ।

संघिय सांसद भुमि त्रिपाठीले कार्यक्रम सफलताको शुभकामना दिदै सबै कार्यक्रमहरुमा आफ्नो सहयोग रहने बताए । त्यसैगरि आफ्नो भनाई राख्दै गाउँपालिका अध्यक्ष्यले यस्तो प्रतियोगिता पहिलो भएको र विद्यालय तथा विद्यार्थीहरुको सर्वाङीण बिकासका लागि आगामि दिनहरुमा प्रतियोगितालाई निरन्तरता दिईने बताए ।

प्रतियोगिता कार्तिक ६ गते समापन हुनेछ भने पहिलो, दोर्सो ,तेर्सो र सान्त्वना हुने विद्यालयलाई क्रमश पच्चिस हजार ,पन्ध्र हजार , दश हजार,पाँच हजार नगद सहित शिल्ड , कप, र प्रमाणपत्र दिईनेछ र विद्यार्थीहरुको लागि पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस