पर्यटन बर्षका शुभ संकेत : तीन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल उडान सुरु गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक ६, बुधबार (५ साल अघि)
  • ४९ पटक पढिएको
Post Thumbnail

कार्तिक ६,काठमाडौँ । नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा तीन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल उडान सुरु गर्ने भएका छन् ।
कुवेतको जजिरा एयरवेज तथा भारतका दुई–स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयर नेपालमा आफ्नो सेवा सुरु गर्न इच्छुक देखिएका हुन् ।

नेपाल नागरिक उड्डयान प्राधिकरणले स्पाइस जेट र जजिरा एयरवेजलाई नेपालमा उडान गर्ने अनुमति दिइसकेको छ । त्यस्तै, भिस्तारालाई अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकारणले जनाएको छ ।

प्राधिकरका अनुसार स्पाइस जेट र जजिराले मंसिर पहिलो हप्तादेखि नेपालमा उडान गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस