कार्तिक ६, पर्सा । आफ्नै छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ।
आफ्नै छोरीको बलात्कार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर टोल बस्ने ४० वर्षीय बुवालाई पक्राउ गरि अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रवक्ता वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।
सोमबार राति ४० बर्षीय बुवाले आफनै १५ वर्षीय छोरीको बलात्कार गरेका थिए।
आमा रोजगारीको सिलसिलामा विदेशमा रहेको तथा घरमा कोही नभएका बेला बुवाले छोरीको बलात्कार गरेका थिए।