कार्तिक ७, बैतडी । महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
धनगढीबाट दार्चुलातर्फ गइरहेको से १ ख १९२३ नम्बरको ग्यास बोकेको ट्रक सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।