प्रेममा धोका पाएर तनावमा हुनुहुन्छ? अपनाउनुहोस् यी उपाय

Post Thumbnail

कार्तिक ७, काठमाडौं । प्रेम भनेको यस्तो शब्द हो, जहाँ संसार अटेको हुन्छ । प्रेमलाई नत देख्न सकिन्छ, नत समात्न नै सकिन्छ केवल महसुस गर्न मात्र सकिन्छ ।

प्रेम भनेको सिक्काको दुई पाटा हो, जहाँ स्वार्थ र निस्स्वार्थ दुवै समावेश हुने गर्छ । जब मानिस प्रेममा पर्छ तब उनीहरू सोच्ने गर्छन् कि संसारलाई जित्ने शक्ति मात्र उनीहरूसँग छ ।

प्रेम एउटा यस्तो महसुस हो जहाँ मानिसहरू हाँसी खुसी रमाउने गर्दछन् । तर जब प्रेम सम्बन्धमा रहेका व्यक्तिहरूको सम्बन्ध टुट्छ तब उनीहरू नै टुट्ने गर्छन् जसले गर्दा उनीहरूमा तनाव उत्पन्न हुने गर्छ ।

अपनाउनुहोस् यी उपाय जसले गर्दा  प्रेम सम्बन्ध टुट्दा हुने तनावबाट सजिलैसँग निस्कन सकिन्छ :

  1. नयाँ मित्रहरू बनाउनुहोस् साथै साथीहरूसँग घुमघाम पनि बढाउनुहोस्, जसले गर्दा तपाइको मन घुल्ने गर्छ र तनावबाट पनि सजिलै निस्कन सकिन्छ ।
  2. जब तपाईँको प्रेम सम्बन्ध टुट्छ तब एक्लै एक्लै बस्ने बानी नगर्नुहोस्, उक्त कुरा बारे आफ्नो त्यस्तो एक साथीलाई बताउनुहोस् जसले तपाईँलाई राम्रोसँग बुझ्नका साथै तपाईँलाई सम्झाउन पनि सक्छ ।
  3. सधैँ आफूलाई व्यस्त राख्नुहोस् र नयाँ कामको सुरुवात गर्नुहोस्, जसले गर्दा तपाईँको ध्यान केवल काममा हुने गर्छ न कि प्रेम सम्बन्ध टुटेको तनावमा त्यसैले स्वयंलाई व्यस्त राख्नुहोस् ।
  4. कहिल्यै पनि त्यस व्यक्तिको समान आफूसँग नराख्नुहोस् । जसले तपाईँलाई तनावग्रस्त बनाउँछ, त्यसैले त्यस्ता सामानलाई आफू भन्दा टाढा नै राख्दा उचित रहन्छ ।
  5. बढी मात्रामा आफ्नो परिवारसँग घुलमिल गर्नुहोस्, किनकि मात्र परिवारले तपाईँलाई बुझ्नका साथसाथै सम्हान पनि सक्छ त्यसैले आफ्नो परिवारसँग नजिकि बढाउनुहोस् ।

ताजा अपडेट

खोजी गर्नुहोस