चुहानडाँडा पुगेर पर्यटनमन्त्री भट्टराईले भने – ‘आठराई विमानस्थललाई बनाएरै छाड्छौं’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक ७, बिहिबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

कात्तिक ७, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ४१ वर्ष अघिदेखि प्रक्रिया अगाडि बढेर अड्किएको आठराई विमानस्थल निर्माणले गति लिने बताएका छन् ।

हवाईमैदानको स्थलगत अध्ययनका लागि बिहीवार चुहानडाँडा पुगेका मन्त्री भट्टराईले विमानस्थल निर्माणको आवश्यक प्रक्रिया अगाडि बढिसकेको बताए ।

यो आर्थिक वर्षभित्र विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कन र बोलपत्र आह्वानको कार्य हुने भएकाले विमानस्थल बन्ने मन्त्री भट्टराईले बताए । अरू विमानस्थलभन्दा पनि विभिन्न कारणले चुहानडाँडा विमानस्थल प्राथमिकतामा रहेको उनको भनाइ थियो ।

पाँचथर, ताप्लेजुङ र तेह्रथुमको केन्द्रमा भएकाले सो विमानस्थल निर्माण हुनु महत्वपूर्ण रहेको मन्त्री भट्टराईले बताए । आठराई गाउँपालिका–६ चुहानडाँडामा रहेको थुम्कीडाँडामा विमानस्थल बनाउने चर्चा २०३२ सालदेखि नै चलेको हो । यसअघि पाँच पटक सम्भाव्यता अध्ययन गरिएको छ । विमानस्थल निर्माणका लागि २०३२, २०३५, २०६९ र २०७१ सालमा सम्भाव्यता तथा सर्वेक्षण गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस