निकितालाई नहटाउन सर्वोच्चको आदेश ! उपत्यकामा आजदेखि बक्स अफिस लागू

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ श्रावण १, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १,काठमाडौँ । उपत्यकामा आजदेखि बक्स अफिस लागू भएको छ । मंगलबार सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र विकास बोर्डमा बक्स अफिस प्रणालीको उद्घाटन गर्ने कार्यक्रम छ ।

वर्तमान सरकारद्वारा जारी ०७५/०७६ को बजेटमा राजश्व संकलन गर्नका लागि आगामीअ आर्थिक वर्षबाट बक्स अफिस प्रणाली ‘ई–टिकेटिङ सिस्टम’ लागू गर्ने निर्णय पश्चात साउन १ गतेदेखि काठमाडौं उपत्यकामा बक्सअ फिस प्रणाली लागू हुने भएको हो ।

चलचित्र विकास बोर्डले वैशाख १ गते बाटै बक्स अफिस लागू गर्ने भने पनि कार्यान्वय हुन सकेको थिएन । उपत्यका बाहिरका हलमा भने अर्को आर्थिक वर्षको अन्त्यसम्ममा बक्स अफिस सिस्टम जडान गरिसक्ने चलचित्र विकास बोर्डको तयारी छ ।

बक्सअफिस लागू नहुँदा वर्षौँदेखि निर्माताहरुले आफ्नो सिनेमाको कारोबार कतिभयो ? भन्ने थाहा पाउन सकेका थिएनन् । तर अब भने अनलाइन डाटाको माध्यमबाट सिनेमाको कारोबार थाहा पाउन मिल्नेछ ।

निकितालाई नहटाउन सर्वोच्चको आदेश

वर्तमान सरकारको असार २० मा बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले गएको भदौ १४ देखि फागुन २ सम्म गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो । त्यस निर्णयको आधारमा १० दिन अघि मात्रै बोर्ड अध्यक्ष निकितालाई सञ्चार मन्त्रालयले अवकाशपत्र दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस