मिचोआकानमा विमान दुर्घटनामा परी पाँच जनाकाे ज्यान गयाे

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ कार्तिक ८, शुक्रबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

कार्तिक ८, काठमाडौं । मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार विमान दुर्घटनामा परेको छ । विमान दुर्घटनामा परी कम्तीमा पाँच जनाकाे ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

म्याडेरो शहरको लास जुन्टास समुदायमा भएको यस दुर्घटनामा पाँच जनाको ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको तर यसको अझै अनुसन्धान भइरहेको सरकारी वकिलले जानकारी दिएका छन् ।

विमान दुराङगो राज्यबाट गुरेरो राज्यको एकपुल्को बन्दरगाहमा जाँदै गरेको विश्वास गरिएको मेक्सिकन पत्रिका ‘एल युनिभर्सल’ले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस