जनगुनासो सम्बोधन गर्न सरकारको एक्सन : ‘सरकार हाजिर छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक ९, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक ९, काठमाडौं । काठमाडौं। सरकारले जनताका समस्या, गुनासा र कामहरू समयमै सम्बोधन गर्ने उद्देश्यसहित ‘सरकार हाजिर छ’ नामक नयाँ कार्यक्रम ल्याउने गृहकार्य अघि बढाएको छ ।

यसका लागि सरकारले गुनासो सम्बोधन गर्ने सम्बन्धमा मेलेसियन मोडलसमेत लागू गर्नेगरी छलफल अघि बढाएको छ । जनगुनासो बुझेर तत्काल समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ‘सरकार हाजिर छ’ नामक नयाँ कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो ।

केही व्यक्तिले सरकारका राम्रा काम ओझेलमा पार्ने र साना कमजोरीलाई विषयवस्तु बनाई सम्बोधनका नाममा आफू सेलिबे्रटी हुने क्रम बढेकाले त्यस्तो क्रमलाई रोक्न पनि ‘सरकार हाजिर छ’ नामक कार्यक्रम ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूले जनाएका छन् ।

मलेसियामा जनताका समस्या तत्काल समाधान गर्न स्पेसल मोबाइल टिम खटाइन्छ र ठाउँका ठाउँ गुनासो सम्बोधन गर्ने गरिन्छ । नेपालमा पनि त्यसैगरी मोबाइल टिममार्फत गुनासो सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सरकारी संयन्त्र नै प्रयोग गरेर जनताका समस्या समाधान गर्दै विभिन्न व्यक्ति चर्चामा आइरहेकाले सरकार आफंैले आफ्ना संयन्त्र प्रयोग गरी जनताका काम सम्पन्न गराउने उद्देश्यका साथ सो नयाँ कार्यक्रम ल्याउन लागिएको हो ।

सरकारप्रति नकारात्मक धारणा बन्न थालेपछि सरकारले तत्कालै गुनासो सम्बोधन गरी जनताको समस्या समाधान गर्न सरकार सधंै तयार रहेको आशयलाई जनमानसमा स्थापति गर्दै सरकारप्रति सकारात्मक धारणाको विकास गर्न कार्यक्रम सञ्चालनको गृहकार्य थालिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस