तिहारमा नेपाल टेलिकमको अफरै अफर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक ९, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक ९, काठमाडौं । नेपाल टेलिकमले तिहारका साथै छठ र नेपाल संवतका अवसरमा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ ।

नेपाल टेलिकमले मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराउने जनाएको छ । योभन्दा पहिलेदेखि नै उपलब्ध फोरजी÷एलटीई र अन्य सेवाहरुमा विशेष छुटसहितका अफरहरुलाई समेत निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।

जीएसएम/सीडीएमए प्रिपेड/पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

आउँदो कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोस ९ःएयक्० बाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ । यस योजनामा रु. ५०।–, १००।– र २००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– र १०००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । रु. ५०।–, १००।– र २००।– को बोनस ३ दिन भित्र र रु. ५००।– र १०००।– को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ ।

त्यसैगरी एमपोसबाट रु. १०।– देखि ४९९।– सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– वा त्याेभन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । त्यो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ ।

पहिलेदेखि नै उपलब्ध विभिन्न अफरहरुलाई पनि निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस