प्रधानमन्त्री ओलीको गुनासो : पार्टीले सरकारको प्रतिरक्षा गर्न सकेन् !

साउन १,काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सरकारको प्रतिरक्षा गर्न नसकेको गुनासो गरेका छन ।

प्रधानमन्त्री ओलीले सरकारले गरेका राम्रो कामबारे लेख्ने, बोल्ने काम समेत पार्टी भित्रबाट हुन नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । उनले सरकारले नेपालको इतिहासमै सबैभन्दा बढी प्रगतिशील, जनपक्षीय र विकासमुखी नीति लिए पनि त्यसको प्रतिरक्षा गर्ने पार्टी भित्र कोही पनि नभएको जस्तो देखिएको प्रतिक्रिया पनि दिए ।

मंगलबार पार्टीका नेता, कार्यकर्तासँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले विपक्षहरुले अनावश्यक विषयलाई उचालेर सरकारको विरोध गरिरहेको आरोप पनि लगाए । उनले चार महिनाभित्र सरकारले मुलुकलाई समृद्ध बनाउन सम्भव नभएको विषयलाई समेत उचालेर जनता विरोधी तत्वले सरकारको विरोध गरिरहेको पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले सरकारले जनताले सुम्पेको अभिभारालाई अत्यन्तै शालीनताका साथ पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले तत्काल सडकका सबै खाल्डाखुल्डी पुर्ने लगायतका अपेक्षा सरकारसँग राख्नु जायज नहुने दावी पनि गरे । उनले सरकारले जनताको अपेक्षा अनुसार मुलुकलाई समृद्ध बनाउने आधार तयार पारेको उल्लेख गर्दै त्यही आधारमा टेकेर अघि बढने योजना पनि अघि सारे ।

संम्बन्धित समचार

Leave a Reply