प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फिर्ता

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ कार्तिक ९, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ९, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फिर्ता भएका छन् ।

चिलिको सान्टियागोमा गत असोज २८ देखि यही कात्तिक १ गतेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ८८ औँ महासभामा भाग लिएर शुक्रबार राति स्वदेश फर्केका हुन् ।

एनसिवी नेपालका प्रमुखसमेत रहेका महानिरीक्षक खनाल इन्टरपोलको महासभामा भाग लिन गत असोज २६ गते राति चिलि प्रस्थान गरेका थिए ।

महासभामा भाग लिन उनीसँगै प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीसमेत चिली गएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस