सा‌सद बस्नेत भन्छन् : गगन थापा अपराधिको संरक्षक, कांग्रेस सक्किने दिशामा अघि बढ्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक ९, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो समयमा गरेको भ्रष्टाचार, अनियमितता, अपराधिक गतिविधि, हत्यारालगायतलाई संरक्षण गर्ने भएकाले सच्चिने दिशामा नभई नेपालबाट सक्किने दिशामा अघि बढेको बताएका छन् ।

नेकपा चाँगुनारायण नगरपालिका वडा नं. ३ को आयोजनामा भएको दशैं, तिहार, छठ, नेपाल सम्वत्लगायतका नेपालीहरुको महान् पर्वको अवसमा गरिएको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै सांसद बस्नेतले कांग्रेसका युवा नेता, पूर्वमन्त्री गगनकुमार थापाले अपराधि, लागुऔषध कारोवारी, हत्यारा, समाजमा अपाच्य गतिविधि, अस्लिल गतिविधि गर्ने लगायतलाई संरक्षण गर्ने गरेको बताए।

सामाजिक सद्भाव, हार्दिकता प्रदान गर्ने चाडपर्व भएको बताउँदै उनले चाडपर्वको अवसरमा विकृति तथा विसंगति फैलाउने प्रकारका गीतलाई सरकारले सच्याउन आग्रह गर्दै गायक दुर्गेश थापा र भिटेन घिसिङलाई नियन्त्रणमा लिई भाषा सच्याउन साथै उक्त गीतलाई सामाजिक सञ्जालबाट हटाउन लगाएको विषयमा सांसद थापाले सरकारले बोल्ने तथा अभिव्यक्ति दिने मानिसको अधिकारलाई बन्देज लगाएकाले सरकार विरुद्ध संघर्ष गर्ने घोषणा गर्नुले कांग्रेसले आफ्नो राजनीति यात्रालाई छोट्याउदै गएको उल्लेख गरे।

सांसद बस्नेतले रौतहटमा २१ जना मजदुरलाई इट्टाभट्टामा जलाउने सांसदको पक्षमा कांग्रेसले मैन जुलुस निकालेको साथै कांग्रेसका सभापति शेरबहादुर देउवाले १२ वर्ष अघिको मुद्धा अहिले अनुसन्धान गर्न पाउँदैन भन्ने अभिव्यक्ति दिएको र त्यो आलोचना २४ घण्टा समेत टिक्न नसकेपछि विज्ञप्ती मार्फता सच्याइबाट कांग्रेसले अपराधिलाई राजनीतिक आडमा संरक्षण गरेको स्पष्ट पारे ।

मेलम्चीको कार्यक्रममा सांसद थापाले भनेका थिए, “पशुपति शर्माबाट सरकारले आफूसँग असहमति राख्ने गितसंगितमाथि धावा बोल्ने कुरा अहिले अरू दुईजना गायकलाई पक्राउसम्म आयो । भोलि तपाईंको घरआँगनसम्म आइपुग्न सक्छ । सरकारले ल्याएको सूचना प्रविधि विधेयकतर्फ लक्षित गर्दै सरकार नागरिकको मुख थुन्न उद्दत रहेको छ । सरकारले जे गर्नुपर्ने हो त्यो नगरेको र नगर्नुपर्ने काम जति सबै गरेको छ । त्यसैले छठपछि संसदमा सरकारले ल्याएका जनविरोधी विधेयकका विरूद्ध लडाइँ सुरू हुने छ ।”

नेकपाले गरेका राम्रा कामहरु जनताको माझ अझ व्यापक मात्रामा लैजानुपर्ने जरुरी रहेको औल्याउँदै उनले राजनीतिक, स्रोत, शक्तिको माध्यमबाट अपराध गर्ने जो कोहीलाई कानुनी कारवाही गर्नुपर्नेमा नेकपाको एउटै आवाज रहेको बताए । नेकपाको जनमुखि निर्णयकै कारण अपराधिक गतिविधि गर्ने लैरो टेकेका सांसद तथा उच्च पदका व्यक्ति कानुनी कठघरामा ल्याउन सफल भएको बताउँदै उहाँले लागुऔषध, अपराधी र तस्करलाई समर्थन गर्ने प्रकारका गीतलाई सरकारले नियन्त्रण गर्ने काम गरेको स्पष्ट पारे।

उनले भने, ‘नेकपाले अपराधिलाई संरक्षण गर्न कहिले पनि दुई सय केजीको माला लिएर स्वागत गर्न जाँदैन गल्ती गर्नेलाई आफ्नो नभनि कारवाही प्रकृया अघि बढाउँछ । त्यो जनताको माझ निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई कारवाही गरेर प्रमाणीत गरिदिएको छ । सरकारले तस्करीको जालोलाई तोडेको छ । भक्तपुरमा कांग्रेसले धेरै सरकारी जग्गा पहुँचका भरमा कब्जा गरेको प्रमाणीत भइसकेको भु–माफियाले कब्जा गरेको जग्गा पुनः फिर्ता ल्याउने कार्य भइरहेको छ ।’

वर्तमान सरकार अपराधिको लागि कठोर बनी कारवाही गर्छ, जनताले जहिले पनि साथ र सहयोग हुनेमा विश्वास व्यक्त गर्दै आगामी उपनिर्वाचनमा भक्तपुर लगायतका देशै भर पैसाको भरले चुनाव जित्ने सपना बनाएर कांग्रेसलगायतका दलहरु उपनिर्वाचनका लागि हिसाव किताव निकाल्न थालेको सुन्न आएको बताउँदै उहाँले पैसाले जनतालाई किन्ने सपना नदेख्न चुनौति समेत दिए । अनावश्यक रुपमा पैसा बाढेमा नेकपाले उक्त कार्यलाई तत्काल प्रतिवाद गर्ने चेतावनी समेत दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस