१७ विभाग थप्ने देउवाको प्रस्ताव, पौडेल पक्ष रुष्ट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक १०, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक १०, रौतहट । कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन तीन महिना बाँकी छँदा केन्द्रीय विभागको संख्या २८ बाट बढाएर ४५ वटा पुर्‍याउने प्रस्ताव गरेका छन्।

महाधिवेशनको संघारमा विभाग बढाउने प्रस्तावलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गरेका छन्।

कांग्रेसमा देउवाले १७ वटा विभाग थप्न प्रस्ताव गरेपछि संस्थापन इतरपक्ष रुष्ट बनेको हो । महाधिवेशनलाई केन्द्रित गरी सभापतिले आफ्ना पक्षका नेताहरूलाई व्यवस्थापन गर्न यस्तो प्रस्ताव ल्याएको भन्दै इतरपक्षले विरोध जनाएको छ।

विभाग बढाउने कि नबढाउने भन्ने विवादले बिहीबार केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको थियो । कांग्रेस नेता शेखर कोइरालाका अनुसार उपनिर्वाचनका विषयमा छलफल गर्ने एजेन्डा राखेर बैठक बोलाइएको थियो । तर आकस्मिक रूपमा विभागको संख्या थप्ने प्रस्ताव ल्याइएको उनले बताए।

 

ताजा अपडेट

खोजी गर्नुहोस