सितगङ्गामा बस दुर्घटना : १४ जना गम्भीर घाइते

कार्तिक ११,अर्घाखाँची । जिल्लाको सितगङ्गा नगरपालिका जुकेना रातामाटामा यात्रु बाहक बस दुर्घटना भएको छ ।

सन्धिखर्क नगरपालिकाबाट सितगङ्गा नगरपालिका जुकेना जाँदै गरेको लु २ ख ६६१ को बस बेक्र फेल भएपछि दुर्घटना भएको हो । दुर्घटनामा परेर १४ जना गम्भीर घाइते छन् भने गम्भीर घाइते ९ जनालाई बुटवल उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।

अर्घाखाँचीको ठाडा अमराई जुकेना जलुके सडकखण्डको रातामाटा मनकामना भगवती माता मन्दिर नजिकै सोमवार सो दुर्घटना भएको हो । अमराईबाट शिबाहदह यात्रु बोकेर जाँदै गरेको लु २ ख ६६१ नम्बरको बसको ब्रेकको पाईप एक्कासि फुटेपछि बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परेर घाईते हुनेमा अर्घाखाँची सिनपा १३ का ४ बर्षिय असोक परियार, सिनपा ६ जुकेनाका ३१ बर्षिय माधवराज भुसाल,सिनपा ७ जुवाकोटका ४६ बर्षिय उमा लामिछाने, सिनपा ५ जुकेनाका ३० बर्षिय हिमराज पौडेल , शिनपा ६ दाङसिङका २० बर्षिय खिमा परियार, शिनपा ४ ओखलढुंगाका ३२ बर्षिय अनिता थापा, शिनपा ५ चाकलढुङगाका २८ बर्षिय दिपकराज पौडेल, शिनपा ७ जुकेनाका ४ बर्षिय बालक सुवास महत र शिनपा ६ खमारीबासका ३२ बर्षिय सुमित्रा भाट क्षेत्री रहेका छन् ।

यसैगरि कपिलवस्तु शिवराज नगरपालीका ४ चनौटाका ६२ बर्षिय रूमकला पौडेल, सिवराज नगरपालीका ३ खैरेनीपुर कपिलवस्तुका ६२ बर्षिय तोयनारायण बन्जाडे, शिवराज ३ कै ३१ बर्षिय हुमलाल पौडेल, ६० बर्षिय चुमकला बिक, ४ नम्बर कटुवाटोल कपिलवस्तुका ३० बर्षिय सीता थारू र रूपन्देही बुटवल उपमहानगरपालीकाका ३१ बर्षिय तुलाराम बन्जाडे घाईते भएका छन् । घाईते मध्ये उमा लामिछाने, हिमराज पौडेल, चुमकला बिक, सीता थारू र सिनपा ६ जुकेना दाङसिङका ४ बर्षिय श्रीधर नेपालीलाई थप उपचारका लागि अञ्चल अस्पताल बुटवल पठाईएको छ ।

संम्बन्धित समचार

Leave a Reply