बोरवेलमा खसेका सुजितको ज्यान बचाउन सकिएन् ! अन्तत निकालियो उनको शव

कार्तिक १२,काठमाडौँ । भारतको तमिलनाडुको त्रिची शहरको नादुकाटपट्टी गाउँस्थित बोरवेलमा खसेका दुई वर्षीय सुजित विल्सनको मृत्यु भएको छ । विल्सनकोे बोरवेलमा खसेपछि उद्धार टोलीले सम्पुर्ण शक्ति उनलाई निकाल्न लगाएको थियो ।

तर उनको बोरवेलमै मृत्यु भईसकेको थियो । उनको शबलाई बोरवेलबाट निकालिएपछि सरकारी अस्पताल लगिएको थियो । सुजित ८८ फिटको गहिराइमा फसेका थिए ।

भारतका धेरै अधिकारीहरू, राजनीतिज्ञ र सेलेब्रेटीहरूले सुजितलाई बचाउनका लागि सोशल मिडियामा प्रार्थना गरेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ट्विट गरी बालकको उद्धारमा सम्पुर्ण शक्ति लगाइएको बताएका थिए ।

संम्बन्धित समचार

Leave a Reply