बसले ठक्कर दिँदा पैदल यात्रुकाे ज्यान गयाे

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ कार्तिक १३, बुधबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १३, भक्तपुर । भक्तपुरको कमलविनायकमा बसले पैदलयात्रु र मोटरसाइकललाई ठक्कर दिँदा एक पैदलयात्रुको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

मंगलबार बेलुका बा ४ ख ६०७ नम्बरको बसले दुई जना पैदलयात्री र बा ७० प ६१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका पैदलयात्री काभ्रे डाँडाबारी ३ का २० वर्षीय विकास तामाङको उपचारको क्रममा मध्यपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट पैदलयात्रु भक्तपुर गुण्डुका विशाल तामाङ र मोटरसाइकल चालक कागेश्वरी मनहरा-१ का ३० वर्षका प्रकास सुनुवारको मध्यपुर अस्पतालमा उपचार भैरहेको छ । बस चालकलाई भने प्रहरीले पक्राउ गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस