म्याग्दीमा साँढे दुई करोडमा खानेपानी आयोजना निर्माण

Post Thumbnail

साउन १,म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकमका बासिन्दाले तीन वर्षको प्रयासमा रू दुई करोड ५१ लाख ३४ हजार ५४० को लागतमा खानेपानी आयोजना निर्माण गरेका छन् ।

कोतखोला तेस्रो खानेपानी तथा सरसफाइ योजनाबाट साविक ताकम गाविसको ३, ४, ५, ६ र ९ नं वडाका ३३० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष देवबहादुर थापाले बताए ।

सो आयोजनाका लागि पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाबाट रु ७८ लाख ९९ हजार ८१४ र भारतीय दूतावासबाट रु ७५ लाख ७० हजार बराबरको निर्माण सामग्री प्राप्त भएको स्थानीय उपभोक्ताले रु एक करोड छ लाख ६४ हजार ७२६ बराबरको श्रम तथा नगद लगानी गरेका थिए ।

काफलडाँडाका ३० घरलाई नौ वटा सार्वजनिक धारा र ताकमका ३०० घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको छ ।
प्रतिघर एक सय दिनका दरले रु ९५ लाख बराबरको श्रमदान गरेका उपभोक्ताले रु एघार लाख ७७ हजार नगदसमेत लगानी गरेका थिए । महिनौंसम्म श्रमदान गरेका उपभोक्ता घरमै शुद्ध खानेपानी आपूर्ति हुन थालेपछि खुशी भएका स्थानीयवासी खिमबहादुर खत्रीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस