ज्ञानेन्द्र मल्ल बने राष्ट्रिय क्रिकेट टोलीको कप्तान

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक १३, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १३, काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ। पारस खड्काले पदबाट राजिनामा दिएपछि अबको कप्तानकाे विषयमा अन्योलता थियो।

पारस करिब एक दशकयता नेपाली सिनियर राष्ट्रिय टोलीको नियमित कप्तान रहँदै आएका थिए। पारसले अचानक कप्तानी छाडेपछि ज्ञानेन्द्रलाई नै बलियो दावेदार मानिएको थियो। उनी टोलीका अनुभवी खेलाडीमा पर्छन्।

पद छाडेपछि पारसले पनि नयाँ कप्तानका रुपमा ज्ञानेन्द्रलाई नै सुझाएका थिए। नेपाली टोली अब कम्तिमा एक वर्ष ज्ञानेन्द्रको कप्तानीमा रहनुपर्ने सुझाव पारसको थियो। ज्ञानेन्द्र नेपाली टोलीका प्रतिभावान ब्याट्सम्यान मानिन्छन्।

नेपालले विश्वकै पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिके‍ट क्लब-एमसिसीसँग तत्काल घरेलु मैदानमा शृंखला खेल्दै छ। एमसिसीको टोली नोभेम्बर १ तारिखमा नेपाल आईपुग्ने कार्यक्रम छ।

नेपालले घरेलु मैदानमा एमसीसीसँग टी–२०, एक दिवसीय र दुई दिवसीय सिरिज खेल्नेछ। क्यानका महासचिव अशोकनाथ प्याकुरेलले अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई जिम्मेवारी दिइएको जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस