कार्तिक १४, सिरहा । सिरहामा लागु औषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेको छन् ।
पक्राउ पर्नेमा सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. १० का २० वर्षिय रोशन कुमार यादव, २० वर्षिय सन्जित कुमार यादव, १८ वर्षिय सन्जित मुखिया र २१ वर्षिय संजय मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक अपिलराज बोहराले जानकारी दिए।
इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले चेकजाँचको क्रममा नरहा गाउँपालिका वडा नं. ३ बाट चारै जनालाई प्लाष्टिकको पोकामा तयार पारीएर राखेको ब्राउन सुगर ११८० मि.लि.ग्राम सहित पक्राउ गरेको प्रहरी प्रवक्ता बोहराले जानकारी दिए ।
पक्राउ परेको चारै जनालाई ईलाका प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ ।