प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

साउन १,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार भेटेका छन् ।

जुम्लालामा अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेटेरै ध्यानाकर्षण गराएका हुन् ।

भेटमा सभापति देउवाल तत्कालै वार्ता गरेर अनसनरत डा केसीका माग पूरा गरी जीवन रक्षा गर्नु सरकारको कर्तव्य रहेको बताएका थिए ।

सभापति देउवाले आफ्नो नेतृत्वको समयमा माथेमा उच्चस्तरीय कार्यदलको आधारमा जनभावना अनुरुप जारी गरेको अध्याधेशलाई हुबहु विधेयकको रुपमा ल्याउनु नै समाधानको बाटो भएको प्रधानमन्त्री समक्ष बताएका थिए ।

साथै सरकारले यसलाई तोडमोड गरेर जवरजस्ती ढंगले विधेयक ल्याउने प्रयत्न गरे कांग्रेसको विरोधको सामना गर्नुपर्ने चेतावनीसमेत सभापति देउवाले दिए ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले भने हाल तयार पारिएको विधेयक पास गर्न सहयोग गर्न अनुरोध गरेका थिए ।

संम्बन्धित समचार

Leave a Comment