तरुणदलका नेपालगन्ज नगर सभापति हतियारसहित पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक १५, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कात्तिक १५, काठमाडौं । बाँके कोहलपुर प्रहरीले पेस्तोलसहित ६ जनालाइ पक्राउ गरेको छ ।

पक्राउ परेका तरुणदलका नेपालगन्ज नगर सभापति सन्दिप जंग शाहसहितलाई हतियारसहित प्रहरीले पक्राउ गरेको हो ।

गएराति बाँके उपमहानगरपालिकाबाट उनीहरुलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नेपालगंज उपमहानगरपालिकाका–२० स्थित नमस्ते भिलेज रिसोर्टभित्र पूर्वतर्फको कार पार्किङ एरियामा पार्किङ गरी राखेको मारुती सुजुकी कार बाट हतियारसहित सन्दिप जंग शाह पक्राउ परेका इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेम शाहीले बताए ।

कारमा चेक जाँच गर्दा कारको ड्राइभर सिटको मूनी लुकाई राखेको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ परेका शाहको साथ बाट अटोमेटिक पेस्तोल मेडीन युएसए लेखेको पेस्तोल १ थान र २ राउण्ड गोली लोड गरेको अवस्थामा भेटिएको हो ।

पक्राउ पर्ने ५ जनामा ४० वर्षको दिनेश कुमारी शाही, ५४ वर्षको राघव शाह, ३५ वर्षको पृतम थापा र माधव नेपाली, यामबहादुर बुढा मगर रहेका छन् । पक्राउ परेका नेपाली , थापा र बुढामगर यसअघि नै चेतन मानन्धरको हत्याकाण्डमा जिल्ला अदालतवाट तीन बर्ष कैद सजाय भोगेका व्यक्ति हुन् । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस