सरकार र डाक्टर केसी पक्षबीचको दोस्रो वार्ता पनि टुंगोमा पुग्न सकेन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण १, मंगलबार (५ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन १,काठमाडौँ । सरकारी वार्ता टोली र अनसनरत डाक्टर गोविन्द केसी पक्षबीचको दोश्रो वार्ता पनि बिना निष्कर्ष सकिएको छ ।

आज बिहान शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न नमानेपछि वार्ता बिना निष्कर्ष टुंगिएको केसी पक्षका वार्ता टोलीका सदस्य डाक्टर अभिषेकराज सिंहले जानकारी दिए ।

सरकारी पक्षले डा.केसीलाई उपचारका लागि पहिला काठमाडौं ल्याउनुपर्ने र अनि मात्रै विधेयक फिर्ता गर्ने बारे सोच्न सकिने भनेपछि वार्ता अघि बढ्न नसकेको सिंहले बताए ।

यसैबीच १८ दिनदेखि जुम्लामा अनसनरत डा.केसीको स्वास्थ्य अवस्था थप गम्भीर भएको छ । गएरातीदेखि डा.केसीको स्वास्थ्य गम्भीर बनेपछि सरकारले आज बिहान एअर एम्बुलेन्समार्फत काठमाडौं ल्याउने प्रस्ताव वार्तामा समेत राखेको थियो ।
तर डा.केसीले विधेयक फिर्ता नभएसम्म आफू काठमाडौं नआउने बताएपछि उहाँलाई काठमाडौं ल्याउन समस्या भइरहेको डा.सिंहले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस