२० वर्षे महिला फुटबलरको छुरा प्रहार गरी हत्या

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक १६, शनिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक १६, काठमाडौं । जमैकाका राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर तारानिया क्लार्कको हत्या भएको छ ।

२० वर्षे मिडफिल्डर क्लार्कको बिहीबार जमैकाको राजधानी किंग्सटनमा छुरा प्रहारबाट हत्या भएको जमैकन प्रहरीले जनाएको छ ।

जमैकन प्रहरीका अनुसार मोबाइल फोनको विषयमा झगडा हुँदा एक महिलाले उनलाई छुरा प्रहार गरेकी हुन् । छुरा प्रहार गर्ने महिलालाई पक्राउ गरिएको समेत प्रहरीले जनाएको छ ।

क्लार्कलाई तत्काल अस्पताल लगिएपनि अस्पतालले मृत घोषित गरेको थियो ।

क्लार्कले ओलम्पिक छनोट अन्तर्गत गत सेप्टेम्बरमा राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस