साउन २,काठमाडौँ । मंगलबार देखि बेलुका ८ देखि बिहान ५ बजेसम्म चक्रपथभित्र टिपर सञ्चालन गर्न पाइने भएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो ।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तथा उपत्यकामा हुने बढ्दो दुर्घटना न्यूनीकरण गर्न उक्त निर्णय गरिएको प्रजिअ शर्माले जानकारी दिए ।