कार्तिक १७, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त भएका छन् ।
आइतवार बसेको मन्त्रिपरिषद् बैठकले डा. कोइरालालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यद्यपि उक्त निर्णयलाई औपचारिक रूपमा सार्वजनिक भने गरिएको छैन । मन्त्रिपरिषद्का निर्णयहरू बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने परम्परा नै बसालिएको छ ।
कोइरालाको नाम त्रिविको उपकुलपतिका रूपमा पनि चर्चा थियो ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको कमिटीले कोइरालासहित ३ जनाको नाम सिफारिस समेत गरेको थियो ।
उपकुलपतिमा सिफारिस भएका कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाइएको हो ।