सलमानको फिल्ममा मुखियाको भूमिकामा देखिदै सुनील थापा

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ कार्तिक १७, आईतबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाडौं । पाँच बर्षअघि बलिउड फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए, अभिनेता सुनील थापा । लामो समय उनी यही गेटअपमा देखिरहे ।

बलिउडबाटै फिल्म यात्रा तय गरेका ६४ बर्षीय यी अभिनेता अब सलमान खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा देखिने पक्का भएको छ ।

फिल्ममा काम गर्नेबारे आफूले सहमति जनाइसकेको अभिनेता थापाले बताए ।

अर्कोसाता वीरगन्जमा हुने ‘स्वर्णिम नेपाल फिल्म महोत्सव’ को सन्दर्भमा वीरगन्ज आइपुगेका थापाले आफू छिट्टै ‘क्वाथा’मा देखिने बताएका हुन ।

‘क्वाथा’बाटै बलिउड अभिनेत्री क्याटरिना क्याफकी बहिनी इसाबेल क्याफले डेब्यू गर्न लागेकी हुनाले यो फिल्म तीब्र प्रतीक्षित छ ।

आयुष शर्माको मुख्य भूमिका रहेने यो फिल्मको निर्देशन करर भुटानीले गर्दैछन् । भारतको मणिपुर राज्यको कथा रहेको ‘क्वाथा’मा थापा त्यहाँको मुखियाको भूमिकामा रहने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस