सेनाका लागि छ अर्ब ९० करोड रुपैयाँ बराबरको हतियार किन्ने तयारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ श्रावण २, बुधबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन २,काठमाडौँ । सरकारले नेपाली सेनाका लागि छ अर्ब ९० करोड रुपैयाँ बराबरको हतियार किन्ने तयारी गरेको छ ।

चालु आर्थिक वर्षमा नाम नखुलाइएका छ हजार ४ सय ९२ थान र एम १६ सिरिजका १० हजार थान हतियार तथा गोलीगट्ठा खरिदको तयारी सरकारले अघि बढाएको हो ।

रक्षा मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई असार २९ मा पेस गरेको कार्ययोजनामा हतियार गोलीगट्ठा खरिद गर्ने उल्लेख छ ।

रक्षाको प्रतिवेदनअनुसार ‘सैनिक जवानले प्रयोग गर्ने व्यक्तिगत हतियार छ हजार ४९२ थान’ खरिदका लागि तीन अर्ब ४५ करोड चार लाख छुट्याइएको छ । यसमा मेसिनरी औजार पनि समेटिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस