गाडी नै नचल्ने भएपछि कर्मचारी फर्काउन सरकार बाध्य

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ श्रावण २, बुधबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन २,काठमाडौँ । मुलुक संघीय संरचनामा गएसँगै अस्थायी कर्मचारी घटाउने नीतिअनुसार सरकारले उनीहरूलाई साउन १ देखि कार्यालय नआउनु भनेको थियो तर जब हाजिर गर्न नपाएका हजारौँ कर्मचारी बहालीको माग राख्दै आन्दोलनमा उत्रिए सरकारको निर्णय एक दिन पनि कार्यान्वयन हुन पाएन ।

यसरी आन्दोलनमा उत्रिनेमा सबैभन्दा धेरै थिए, सवारी चालक । उनीहरूलाई हटाउँदा अधिकांश सहसचिवको गाडी नै नचल्ने अवस्था आएपछि सरकार अस्थायी, करार र ज्यालादारीका समेत सबै कर्मचारीलाई असोज मसान्तसम्म काममा फर्काउन बाध्य भएको हो ।

मुख्यसचिव लोकदर्शन रेग्मीले असोजसम्म अस्थायी, करार र ज्यालादारीका सबै कर्मचारीलाई बुधबारदेखि नै हाजिर गराउने व्यवस्था मिलाउन मन्त्रालयका सचिहरूलाई निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए । ‘आ–आफ्ना मन्त्रालयमा कार्यरत अस्थायी कर्मचारीलाई तीन महिना व्यवस्थापन गर्न भनिएको छ’, उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस