अनशनको १८ औं दिनः डा. गेविन्द केसीको स्वास्थ्य नाजुक बन्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण २, बुधबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन २,काठमाडौँ । १८ दिनदेखि अनशनरत डा. गेविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ ।

सेप्सिसको उच्च जोखिममा रहँदै आएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था सोमबार रातिबाट अचानक थप जटिल बन्दै गएको हो ।

उनलाई छातीमा पीडा र सास फेर्न गाह्रो भएको छ ।

प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पूजन रोकायाका अनुसार केसीलाई असह्य पीडा भएपछि अक्सिजनको मात्रा बढाइएको छ ।

रगतमा अक्सिजनको मात्रा ७०, श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० को हाराहारीमा पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस