सुपरहिरो बनी शहर बचाउँदै सनी लियोनी

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ कार्तिक १९, मंगलबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कार्तिक १९, काठमाडौं । बलिउड अभिनेत्री सनी लियोनी आफ्नो कामलाई लिएर बेलाबेलामा चर्चामा आइरहन्छिन् ।

उनले अहिले सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेर चर्चामा आएकी छिन् । इन्स्टाग्राममा शेयर गरिएको यो भिडियोमा उनले एक सुपरहीरोको भूमिकामा देखिएकी छिन् ।

यस सुपरहीरोकोको भूमिकालाई कोर नाम दिइएको छ । भिडियोमा सनीले उड्ने कार चलाएकी छिन् भने अन्य सुपर ग्याजेटको समेत प्रयोग गरेकी छिन् ।

सनीले सुपरहीरोको कन्सेप्ट आफू र डेनियल मिली लामो समयसम्म सोचिएको बताएकी छिन् । निकै लामो समयको योजनापछि मात्रै सुपरहीरो कोरको जन्म भएको भन्दै उनले यसले सबै समस्यालाई हल गर्न सक्ने बताइन् ।

सनीले केही वर्ष पहिलेदेखि नै सुपरहीरो फिल्ममा काम गर्ने इच्छा भएको बताएकी थिइन् । उनले भनेजस्तै अहिले उनले सुपरहीरो फिल्ममा काम गर्ने अवसर पाएकी छिन् ।

https://www.instagram.com/p/B4XLsKRBqr8/?utm_source=ig_web_copy_link

ताजा अपडेट

खोजी गर्नुहोस