सशस्त्र द्वन्दका बेला लुकाइएका २० वटा सकेट बम फेला परे

  • अनलाइन केन्द्र
  • / विचित्र संसार /
  • २०७६ कार्तिक २०, बुधबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

कार्तिक २०, बझाङ । बझाङमा सशस्त्र द्वन्दका बेला लुकाइएका २० वटा सकेट बम फेला परेका छन्। बझाङको बुङ्गल नगरपालिका–६ का स्थानीय देउमल धामीको खेतमा उक्त बम भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नावय उपरीक्षक गणेश बहादुर बमले बताए।

बारीमा काम गर्ने क्रममा प्लास्टिकमा बेरेर राखेको डल्लो भेटेपछि धामीले प्रहरीलाई खबर गरेका थिए।

प्लास्टिक हेर्दा बम २० वडा सकेट बम भेटिएका बमले बताए। नेपाली सेनाले उक्त बम डिस्पोज गरेको प्रहरी नावय उपरीक्षक बमले बताए।

उक्त बम संग्राम सार्दुल गुल्म पानकोटको बम डिस्पोज टोलीले डिस्पोज गरेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस