भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा आपत्ति जनाउँदै काठमाडौँमा विरोध प्रर्दशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक २०, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २०, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा आपत्ति जनाउँदै बुधबार काठमाडौँमा विरोध प्रर्दशन गरेको छ।

अनेरास्ववियूले भारतीय नक्सामा कैद गरिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग माग गर्दै बुधबार अपरान्ह काठमाडौंमा प्रर्दशन गरेको हो।

त्यस क्रममा उनीहरुले भारतले अतिक्रमण गरेका नेपालका सबै भूमि फिर्ता गर्न तत्काल कूटनीतिक पहल गर्न सरकारसँग पनि खबरदारी गरेका छन्।

नेपाली भूमि भारतीय नक्सामा समावेश गरिएकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको अनेरास्वववियूका केन्द्रिय सदस्य तपेन्द्रबहादुर शाहीले जानकारी दिए।

काठमाडौंको प्रर्दशनीमार्गस्थित आरआर क्याम्पसबाट सुरु भएको विरोध प्रर्दशन रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो। प्रर्दशनमा विद्यार्थी नेताहरुले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो हो, गो व्याक इन्डिया’ जस्ता भारत विरोधी चर्का नाराबाजी गरेका थिए।

भारतले हालै सार्वजनिक गरेको नक्सामा कालापानी, लिपुलेक लगायतका भूमि समावेश गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस