“भारतीय नक्सामा नेपाली भू-भाग समेटिएको हो भने सरकारलाई स्वीकार्य हुँदैन”: डा. राजन भट्टराई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक २०, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २०, काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भारतीय नक्सामा नेपाली भूभाग समेटिएको हो भने सरकारलाई स्वीकार्य नहुने बताएका छन् ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले विभिन्न समाचार माध्यममा भारतीय नक्सामा नेपालको कालापानीलगायतका भूभाग समेटिएको समाचार आएको उल्लेख गर्दै त्यसमा सत्यता भए सरकारलाई स्वीकार्य नहुने चेतावनी दिएका हुन् ।

बुधबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा उनले त्यसका बारेमा सरकारले अध्ययन गरिरहेको र त्यसको निष्कर्ष नआइ भारतीय नक्सामा नेपाली भूभाग समेटिएको भन्न नमिल्ने बताए ।

‘हाम्रो भूभाग उहाँहरुले नक्सामा पार्नुभएको हो भने त्यो बेठिक हो,’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले भने ,‘त्यो हामीलाई स्वीकार्य हुँदैन ।’ उनले त्यसबारेमा अध्ययन नगरी भारतले हस्तक्षेप गरिहाल्यो भनेर निष्कर्ष निकाल्न भने सरकारले नमिल्ने स्पष्ट पारे ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक तथ्यले पुष्टि गरिसकेकाले त्यसमा सरकारले कुनै पनि हालतमा तलमाथि हुन नदिने दृढता पनि व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस