ब्रुमरको प्रयोगले घट्यो काठमाडौँमा धुलो !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ कार्तिक २१, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २१,काठमाडौँ । दिल्लीको धुलोले नेपालको सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको सीमामा आइपुगेको देखाएको हो ।

नेपालको सीमामा आइपुगेको प्रदूषण काठमाडौँमा नभित्रिने सो महाशाखाले स्पष्ट गरेको छ । हाल दिल्लीमा धुलो र धुवाँको प्रदूषण उच्च छ । सरकारले दिल्लीमा सङ्कटकाल घोषणा गरेर मानव आवागमन न्यून बनाइरहेको बेला नेपालमा पनि त्रास बढेको छ ।

राजधानीका मुख्य सडक धुलोरहित बन्दै गएका बेला यस्तो त्रास बढेको हो । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ब्रुमरले दैनिक धुलो सङ्कलनमा तीव्रता दिएसँगै धुलो प्रदूषण कम भएको हो । महानगरले २०७५ चैत १२ बाट पाँचवटा ब्रुमर परिचालन गरेको छ ।

“इटालीबाट ल्याइएका ती बु्रमरले सुरुसुरुमा राजधानीका सडकबाट दैनिक १८ मेट्रिक टनसम्म धुलो उठाउँथे”, महानगरको वातावरण महाशाखाका प्रमुख हरिकुमार श्रेष्ठले थपे, “अहिले दिनको मुस्किलले सात टन धुलो उठ्छ । ” उनका अनुसार अहिले चीनबाट ल्याइएका थप दुई ब्रुमरसमेत गरी सातवटा ब्रुमर राजधानीका सडकमा परिचालन गरिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस